Author:

| Published:

| Updated:


एक सवाल
गाडीको बाटो जाउँ
वा हवाईजहाजको
दुबैतिर मरिने पिरलो हैन।

म मरेपछि
राज्यले
मेरो लाश
माछालाई खान दिन्छ कि
सम्मानमा झण्डा झुकाउछ
जसले
म नागरिक भएको आभाश दिलाउछ
र मेरो हैसियत देखाउछ

त्यसैले
मेरो लासलाई नागरिक बनाउने लोभमा
म अझैपनि सोचमग्न छु
गाडीको बाटो जाउँ
वा हवाईजहाजको।


Discover more from Dr. Bijesh Mishra

Subscribe to get the latest posts sent to your email.


Categories


Discover more from Bijesh Mishra, Ph.D.

Subscribe now to keep reading and get access to the full archive.

Continue Reading