Author:

| Published:

| Updated:


Preamble: I wrote this article either as a college junior or senior (I can’t recall) more than a decade ago. Nepal was going through constitution writing process and a political chaos. I think, I was practicing Nepali typing (I am weak at it now). I picked a relevant topic to write about which led to this article. Some of the context are irrelevant in 2025 but a few are still relevant. Some of my analysis are superficial. Regardless, I feel proud of this article. I decided to publish this article as it was written to archive publicly!

आज  पुष २७ गते, पृथ्वी जयन्ती। अर्को शब्दमा तत्कालीन नेपालको एकिकरण दिवस। यो दिनले नेपालको इतिहासमा धेरै नै महत्तो रख्छ । आज हामी नेपाली भनेर जुन गर्व गर्छौ ,त्यो पृथ्वी नारायण शाहको देन नै हो। तत्कालीन भारतजस्तो बिशाल राष्ट्रलाई पनि आफ्नो कब्जामा लिन सफल British ले तत्कालीन समयमा नेपालमाथि पनि आँखा नगाडेको हैन। तर त्यो कुरा बुझेर नेपालको अश्तित्तोलाई बिश्वमानचित्रमा बचाई राख्न पृथ्वी नारायण शाहले जुन कदम चाले, काम गरे, त्यो सरहानिय छ। हून सक्छ उनिले आफ्नो राज्य बढाउन त्यो कदम चाले वा अरु कुनै कारणले त्यो बहसको बिषय बन्न सक्ला, तर तत्कलिन समयमा उनिले चालेको कदमलाई सम्मान गर्नै पर्छ।

आज देशमा गणतन्त्रको लहर चलेको छ । देश गणतन्त्रमयी भएको छ। हिजोको राजतन्त्रको अस्तितो समाप्त भएको छ। देशमा गणतन्त्र आएको छ। राजतन्त्रको सारा अबसेश सामाप्त गर्नतिर सबै लगेका छन्। त्यो भन्दैमा पृथ्वी नारायण शाहको देनलाई भुल्न मिल्दैन। ज्ञानेन्द्र शाह तानाशहि पक्कै बनेको हो, जनाधिकर खोसेको हो  र उसले त्यसको परिणाम पनि भोगिसक्यो र जनता बाट र सारा राजनैतिक पार्टिबाट एक्लिन पुग्यो ।

तर त्यो भन्दैमा पुरै राजतन्त्र  नराम्रो भन्ने र पुराना राजाहरुले गरेको राम्रा कामलाई भुल्न मिल्दैन।राम्रो काम को कदर  हुनुपर्छ । हिजो त्रिभुवनले जहाँनिय तानाशाही राणा शासन बाट देश लाई मुक्त गरे । पृथ्वी नारायण शाहले देश को एकिकारण गरे, यी कुराहरुलाई कदर गर्दै हामीले उनिहरुको सम्मान गर्नुपर्छ र उनिहरुलाई महत्तोपूर्ण  स्थान दिनुपर्छ। उनिहरुलाई देशको राष्ट्रिय बिभुती घोषणा गर्ने, सङ्ग्रहलय खोल्ने वा यस्तै कुनै तरिका बाट सम्मान गर्नुपर्छ । अनि मात्र देशमा राम्रो कामको सम्मान गर्ने परिपाटी बस्छ र देशले उपयुक्त निकास पाउँछ । नत्र देशमा अराजाकता बढ्दै जादा देश कुनै दिन असफल राष्ट्र नबन्ला भन्न सकिन्न । अरु देशले पनि राष्ट्रको हितमा काम गर्नेलाई समान गरेका उधारणहरु प्रसस्त छन्। यदि हामीले कुनै एकजनाको गलत कामले गर्दा सबै गलत वा सबैलाई दोशि देख्ने, सारा पद्दती नराम्रो भन्ने गर्यौ भने भोली हामीले सिकाएको बाटोमा हाम्रा सन्ततीहरु पनि हिंड्ने छन र भोली हाम्रो राम्रो काम र कदमलाई पनि एकजनाको गल्तीको कारणले वा एकजनाको गलत कदमको कारणले सारा पद्दती गलत वा नराम्रो भनेर हाम्रो राम्रो काम र कदमको अश्तित्व समाप्त गर्न तिर लाग्छन्। त्यो हाम्रो लगि दुखद् क्षण हुनेछ।  यस्तो कदमले देशलाई अधोगती तिर डोहोराउँछ।

त्यसैले के राम्रो के नराम्रो वा को राम्रो को नराम्रो भनेर बिश्लेशन गरेर राम्रो कदमको सम्मन गरौ र नराम्रो कदम को बिरोध गरौ। नत्र भने आजका ठुला पार्टी भनेर कुर्लनहरु र देशमा शान्ति सुबेवस्ता निम्त्याउन बसेका ६०१ बुज्रुकहरु लाई पनि जनताले ज्ञानेन्द्रको हालत नबनाउलान भन्न सकिदैन । आज देश उनिहरु कै हात छ र त्यो भन्द धेरै त उनिहरुको भबिश्य नै उनिहरुको हातमा छ। तेसैले राम्रो कामको सम्मान र नराम्रो कामको अपमान गर्दै जाउ र देशमा राम्रो परिपाटीको बिकास गरौ । यसमा नै हाम्रो र देशको भलाई छ।


Discover more from Dr. Bijesh Mishra

Subscribe to get the latest posts sent to your email.


Categories


Discover more from Bijesh Mishra, Ph.D.

Subscribe now to keep reading and get access to the full archive.

Continue Reading