कोलिंसमा GRE को पढाई सकेर फर्केपछि कोठामा मात्र के छिरेको थिए, अगाडिको टेबलमा अनौठो नाम गरेको एउटा पुस्तकमाथि मेरो नजर पुग्यो—“शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म” | पुस्तकको नाम आफैमा मेरो ध्यान खिच्नको लागि पर्याप्त थियो| पुस्तकको बिषय-बस्तुमा सरर्सर्ती नजर डुलाउदै जादा मेरो ध्यान, त्यहाँ भित्रको एउटा अध्यायको शीर्षकमा गयो: गर्भवती भएपछिको पिडा, जसको केही अंश म यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु| “उपाय केही थिएन| पुनः जलेको छाप्रो टालटुल गरि त्यही बस्न थाल्यौ| भर्खर दोस्रो पटक सुत्केरी भएकी मान्छे, खानेकुरा केही थिएन| भोकभोकै दिन बिताए| एक वर्ष अगाडी मात्रै मेरो पहिलो बच्चा जन्मिएको थियो| त्यो बेला पाँच दिनसम्म पानि मात्र खाएर बचेको…